१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

भौतिक रुपमा विद्यालय खोल्नेबारे प्रधानमन्त्री कार्यालयमा छलफल

२१ माघ, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक रुपमा विद्यालय खोल्ने विषयमा सरोकारवालासँग छलफल गरिरहेका छन् ।

कोरोनाभाइरस संक्रमणको तेस्रो लहरसँगै बन्द रहेका शिक्षण संस्था खोल्ने विषयमा अहिले सरोकारवालाबीच प्रधानमन्त्रीले छलफल गरिरहेका हुन् ।

प्रधानमन्त्री कार्यालयमा जारी छलफलमा विद्यालय खोल्ने विषयमा छलफल भइरहेको हो । स्थानीय तहले भौतिक रुपमा विद्यालय खोल्ने निर्णय गर्न थालेपछि दबाबमा परेको सरकारले यसबारे छलफल थालेको हो ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार १४:२०