२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

जुम्लामा तेस्राे पटक हिमपात, चिसोका कारण जनजीवन कष्टकर

-दिलमाया शाही 

२१ माघ, जुम्ला । जुम्लामा पुनः हिमपात भएको छ । बिहिबार साँझदेखि सुरु भएकाे हिमपात अहिले पनि जारी छ। पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भइसँगै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएपछि चिसो पनि बढेको छ ।

चिसोका कारण जनजीवन प्रभावित बनेको छ । याे वर्ष जुम्लामा तेस्रो पटक हिमपात भएको हाे । हिमपातका कारण मानिससँगसँगै पशुचौपायलाई पनि समस्या भएको छ ।

जुम्लाको अधिकांश क्षेत्रमा बिहीबारदेखि हिमपात भएपछि आधा फिटसम्म हिउँ जमेको छ । लेकाली क्षेत्रमा झण्डै एक फिट बढी हिउ जमेको छ ।

हिमपातका कारण जुम्लामा बत्ती र इन्टनेट सेवा पनि अवरुद्ध भएको छ । चिसोका कारण दैनिकी कष्टकर बनेको चन्दननाथ नगरपालिकाका मनोज नेपालीले बताए ।

जुम्लामा स्याउ लगाउने र स्याउका बिरुवा काँटछाट गर्ने समय भएकाले किसानका लागि भने सहज भएकाे छ । न्युज कारखाना

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार ०८:४९