३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम भने ८ अर्ब ५७ लाख

२० माघ, काठमाडाैँ । साताको अन्तिम दिन विहीबार नेप्से परिसूचक १४.६० अंकले घटेको छ । नेप्से परिसूचक ०.५० अंकले घटेर २८७६.७४ विन्दूमा पुगेको छ । आज शेयर बजारमा २२४ कम्पनीको १ करोड ५७ लाख कित्ता शेयरको कारोबार भएको छ । बजार घटेपनि कारोबार रकम भने बढेर ८ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको उल्लेख छ ।

बजार घटेको दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने कमाएका छन् । यसको शेयरमा १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ । यस्तै बुद्ध भूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले पनि ९ प्रतिशत भन्दा बढीले कमाएका छन । बजारमा साहस ऊर्जा, अरुण भ्याली हाइड्रोपावर, मैलुङ खोला जलविद्युत् कम्पनीसहितका लगानीकर्ताले भने कमाएका छन् ।

विहीबार आरएमडीसी लघुवित्त वित्तीय संस्था, पोखरा फाइनान्स, गोरखा फाइनान्ससहितका लगानीकर्ताले भने गुमाएका छन् । यसका लगानीकर्ताले २ प्रतिशतभन्दा बढीले गुमाएका छन् ।

बजारमा बैकिङ समूह, व्यापार, होटेल तथा पर्यटन, विकास बैंक, फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स, बीमा, लगानीसहितका समूहमा बिक्री चाप परेका कारण बजार घटेको हो । बजार घटेको भएपनि जलविद्युत् समूहको सूचक भने ६.१६ अंकले बढेको छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार १६:५५