१ सय ३२ दिन मन्त्री हुँदा शेरबहादुर तामाङलार्इ ८५ हजार घाटा
२१ साउन, काठमाडाैँ । पूर्व कानुनमन्त्री शेरबहादुर तमाङले १ सय ३२ दिन मन्त्री हुँदा ८५ हजार घाटा लागेको विवरण सार्वजनिक गरेका छन । तामाङले साउन ९ गते कानुनमन्त्रीबाट राजीनामा दिएका थिए ।
राजीनामा दिएको १३ दिनपछि सोमबार काठमाडाैँकाे एउटा रेष्टुरेन्टमा पत्रकार सम्मेलन गर्दै उनले अाफ्नो सम्पत्तिविवरण सार्वजनिक गरेका हुन । उनले मन्त्री भएपछि बुझाएको सम्पत्ति विवरण र आज सार्वजनिक गरेको सम्पत्ति विवरणमा ८४ हजार ९ सय ४२ रुपैयाँ अन्तर देखिएको छ।
मन्त्री भएपछि उनले सार्वजनिक गरेको र बुझाएको सम्पत्ति विवरणमा एभरेष्ट बैंकमा १ लाख २८ हजार ९ सय ४२ रुपैयाँ मौज्दात रहेको उल्लेख थियो। आज सार्वजनिक गरेको विवरण अनुसार सोही बैंकमा भने ४३ हजार ९ सय ६७ रुपैयाँमात्र भएको उल्लेख छ।
प्रकाशित मिति : २१ श्रावण २०७५, सोमबार १७:३३