नयाँ प्रधानन्यायाशीधको सिफारिस बुधबार हुने, संवैधानिक परिषदको वैठक बोलाइयो
२१ साउन, काठमाडाैँ । नयाँ प्रधानन्यायाशीधको सिफारिस बुधबार हुने भएको छ । धानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषदको वैठक बुधबारका लागि बोलाइएको छ । प्रधानन्यायधीशमा प्रस्तावित दिपकराज जोशीको सुनुवाई बिशेष समितिवाट अस्वीकृत भएपछि नयाँ नाम सिफारिस गर्न बैठक बोलाइएको हो ।
नयाँ प्रधान न्यायाधीशको लागि यसअघि नै न्याय परिषदको वैठकले दुई जनाको रोष्टर पठाइसकेकोले सोही नाममा छलफल हुने जनाइएको छ । सर्वोच्च अदालतमा स्थायी न्यायाधीश रहेका ओमप्रकाश मिश्र र चोलेन्द्र सम्सेर राणाको नाम संवैधानिक परिषदमा रोष्टरमा रहेका कारण उनीहरू मध्ये एक जना प्रधानन्यायाधीशमा सिफारिस हुनेछन ।
प्रकाशित मिति : २१ श्रावण २०७५, सोमबार १७:२०