१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

सुनको मूल्य ताेलामा ३०० रुपैयाँ बढ्यो


१९ माघ, काठमाडौँ । सुनको भाउ बुधबार प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ कायम भएको छ । मंगलबार भने छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, बुधबार तेजावी सुनको भाउ तोलाको ९१ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य पनि बढेको देखिन्छ । मंगलबार एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १५ रुपैयाँको दरले बढेर प्रतिलोलाको एक हजार २५५ रुपैयाँ निर्धारण भएको छ । ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार १२:१३