२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

मन्त्रिपरिषद् बैठकका यस्ता छन् निर्णय

१८ माघ, काठमाडाैँ । सरकारले दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपियाँ कायम गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार सिंह आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपियाँ कायम गरेको जानकारी दिए ।

बैठकले दूधको मूल्य ५६.०४ रुपियाँ कायम गरेसँगै १३.१७ प्रतिशत अर्थात् ६.५२ रुपियाँले दुधको मूल्य वृद्धि भएको छ ।बैठकले विश्व बैंकको १८ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गरेको छ भने ‘सफा हिमाल अभियान २०२२’ मा खटिने नेपाली सेनाका सदस्यहरूलाई हिमाल आरोहण गर्दा लाग्ने सलामी र धरौटी वापतको दस्तुरमा छुट दिने निर्णय गरेको छ ।

बैठकले शिक्षक अस्पताल स्थापनाका लागि सैद्धान्तिक स्वीकृतिसमेत प्रदान गरेको छ । त्यस्तै, बैठकले खुला विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक शिलु मानन्धरलाई नियुक्त गरेको छ भने नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा जाजरकोटका समीरजंग शाहलाई नियुक्त गर्ने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै बुधबार सोनाम ल्होछारका अवसरमा सावर्जनिक विदा दिने निर्णय पनि भएको उहाले बताउनुभयो । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्रालयका सहसचिव रामेश्वर दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलवार १५:३७