११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

पुल निर्माणमा लापरबाही गर्ने ठेकेदारलार्इ कारबाही गर्न नेकपाकी सचेतक चाैधरीको माग

२१ साउन, काठमाडाैँ । नेकपाकी सचेतक शान्ता चाैधरीले पुल निर्माणमा लापरवाही गर्ने ठेकेदारलार्इ कारबाहीको माग गरेकी छिन । सोमबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सचेतक चाैधरीले दाङको तुलसीपुर-घोराही र घोराही- लमही सडक खण्डमा बन्दै गरेको पुल निर्माणमा ठेकेदारहरुको चरम लापरबाहीको कारणले गर्दा दैनिक सयौं यात्रुहरु सधै सास्ती भोग्नु परेको कारबाहीकाे माग गरिन ।

उनले संसद मार्फत कारबाहीका लागि सरकारको ध्यानाकर्षण समेत गराइन । पुल निर्माणमा ठेकेदारहरुको ढिलाईको कारण अाइतबार ग्वार खोलामा बाढीले बस बगाउँदा २ जना गम्भीर घाइते हुनुपरेको र सयौं यात्रुहरू अलपत्र परेको भन्दै उनले पुल निर्माणको लागि बर्षौं बितिसक्दा पनि ५० प्रतिशत काम नसक्ने ठेकेदारहरुलाई तत्काल कारबाही गर्न माग गरिन ।

प्रकाशित मिति : २१ श्रावण २०७५, सोमबार १६:०६