२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

माघ २६ गतेदेखि आईपीओ निष्काशन गर्दै इमर्जिङ्ग नेपाल

१८ माघ काठमाडौँ। इमर्जिङ्ग नेपाल लिमिटेडले माघ २६ गतेदेखि सर्वसाधारणहरुका लागि साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा  साढे ५ करोड रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ बिक्री गर्ने भएको हो ।

जसमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुका लागि र बाँकी ५ लाख १६ हजार ७०८ कित्ता सेयर सर्वसाधारणका छुट्याइएको छ । कम्पनीले निष्काशन गर्ने उक्त आइपीओमा छिटोमा फागुन १ गतेदेखि ढिलोमा फागुन ११ गतेसम्म न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि  आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । उक्त आईपीओमा आवेदन दिन इच्छुक आवेदकलेसि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

प्रकाशित मिति : February 1, 2022 at 1:03 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/