बुधबार सार्वजनिक बिदा दिने सरकारकाे निर्णय
१८ माघ, काठमाडाैँ । नेपाल सरकारले यही माघ १९ गते बुधबार देशभर सोनाम ल्होसारका अवसरमा सबै सरकारी कार्यालय र सार्वजनिक संस्थाहरुमा बिदा दिएको छ ।
गृह मन्त्रालयका उपसचिव वसन्त भट्टराईले आज विज्ञप्ति जारी गरी मन्त्रिपरिषदकाे यही माघ १७ गतेको निर्णय अनुसार बिदा दिइएको जनाएका छन् ।
प्रकाशित मिति : १८ माघ २०७८, मंगलवार १२:२६