२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

सहायक वन अधिकृत विश्वराज पण्डितको गालामा कालोमोसो

१७ माघ, कैलाली । कैलालीमा विप्लव कार्यकर्ताले सहायक वन अधिकृतलाई कालोमोसो दलेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कैलालीको पचमुडिया सव डिभिजन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई मोसो दलेका हुन् ।

आफुलाई विप्लवका कार्यकर्ता बतउने समुहबाट काम भन्दै एक्कासी कालो मोसो दलेको पण्डितले बताए । आतंकको किन विरोध गरेको भन्दै एक्कासी दुर्ववहार गरिएको उनको भनाई छ । केही समय अगाडि उक्त सव डिभिजनअन्तर्गत पर्ने कैलालीका सामुदायिक वनमा विप्लवका कार्यकर्ताले चन्दा असुली गरेका थिए ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार १९:०२