२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

राष्ट्रपति भण्डारीसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

१७ माघ, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन आज पेश गर्नुभएको छ ।

राष्ट्रपति भवनमा आजै आयोजित समारोहमा राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रियसभा निर्वाचन २०७८ को निर्वाचन परिणामसहितको प्रतिवेदन पनि पेश गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाउनुभएको छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार १६:२५