२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

अतिविपन्न सुत्केरीलाई आर्थिक सहयोग

१७ माघ, हुम्ला । हिमाली जिल्ला हुम्लामा पहिलोपटक डिजिटल प्रविधिबाट अतिविपन्न दसजना महिलालाई आर्थिक सहयोग प्रदान गरिएको छ । निम्न आयस्रोत भएका महिलालाई आरसिएसी नामक संस्थाको समन्वयमा राहत नामक संस्थाले खाद्यान्न सहयोग प्रदान गरेकाे जिल्ला अस्पताल हुम्लाकी नर्स केसाङ डोल्मा लामाले बताइन् । जिल्ला अस्पताल हुम्लामा सुत्केरी भएकामध्ये दैनिक काम गरेर खाने, काम गर्न नपाउँदा आर्थिक अभावसँगै घरमा खाद्यान्न अभाव भएकाप्रति महिलालाई १० केजी चामल, पाँच केजी दाल, एक किलो नुन, चिनी, र एक प्योकट, तेल, एक क्यारेक्ट अण्डा सहयोग गरिँदै आएको नर्स लामाले बताइन् ।

एकजना महिलालाई तीन हजार सात सय ५० रुपैयाँ बराबरको आर्थिक सहयोग गरिँदै आएको जनाइएको छ । मोबाइलमा एप्सको प्रयोग गरेर क्युआर कोडको आधारमा उनीहरूलाई सदरमुकाम सिमकोटमा रहेको टी सप्लायर्स पसलसँग सम्झौता गरेर त्यतैबाट खाद्यान्नदेखि सरसफाइका सामग्री सहयोग गरिँदै आएको हाे । यस्ता सामग्री विशेष गरी दैनिक काम गरेर जीविकोपार्जन गर्दै आएका अति गरिब जो जिल्ला अस्पतालमा सुत्केरी भएका महिलालाई दिने गरिएकाे छ । सुत्केरी भएका शारीरिक रूपमा अशक्त, विपन्न एकल महिलाका परिवारले सहयोग पाउने गरेका छन् ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार १२:०३