२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

सहाराविहीन लिम्बुनीलाई सहयोग

१७ माघ, तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका-३ पञ्चकन्या लुकुवाकी सहाराविहिन श्रीहाङमा लिम्बुनीलाई सहयोग प्रदान गरिएको छ । एक्लो परिवारकी लिम्बुनी कष्टकर जीवन बिताउँदै आएको समाचार प्रकाशन तथा प्रसारण भएपछि फक्ताङलुङ गाउँपालिका- ३ खेबेङमा जन्म भई हाल बेलायतमा रहेका गायक तथा समाजसेवी मान तबेबुङ नाजमले लिम्बुनीलाई बाँचुनजेलसम्मलाई चामल सहयोग गर्ने भएका हुन् ।

उनले पहिलो चरणमा चामल,फलफूल लत्ताकपडा लगायतका सामाग्री प्रदान गरेका छन् । त्यस्तै छथर गाउँपालिका-४ फाक्चामारा हाक्पारामा जन्म भई हाल हङकङमा रहेका समाजसेवी शिव ईमेहाङले खाद्यान्य,लत्ताकपडा,भाडावर्तनको साथमा नगद सहयोग गरेका छन । शारीरिक रुपमा अशक्त रहेकी लिम्बुनीको सहारा कोही नभएका कारण समस्यामा थिइन् । स्थानीय कमल लिम्बु र उनका दिदीका छोरा टेकेन्द्र लिम्बुले हेरचाह गर्दै आएका छन् ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार ११:२०