२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

निमित्तका भरमा गुणस्तर तथा नापतौल कार्यालय

१७ माघ, वीरगञ्ज । मधेश प्रदेश र बागमती प्रदेश कार्यक्षेत्र रहेको पर्साको वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालय हाल निमित्त प्रमुखका भरमा सञ्चालन हुँदै आएको छ । तत्कालीन कार्यालय प्रमुख शशीभूषणकुमार यादवले गत मङ्सिर २४ गतेदेखि अनिवार्य अवकाश पाएपछि हालसम्म कार्यालय निमित्तका भरमा सञ्चालन हुँदै आएको छ ।

गुणस्तर तथा नापतौल विभागबाट हालसम्म दरबन्दीमा कर्मचारी नपठाएपछि आफैँले निमित्त प्रमुखका रुपमा कामकाज गर्दै आएको नापतौल अधिकृत सुशीलकुमार यादवले जानकारी दिए ।

वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालयसहित उक्त कार्यालयको मातहातमा बागमती प्रदेशको हेटौँडास्थित ट्यागंकर क्लिब्रेसन एकाइ (पेट्रोलिय पदार्थ बोक्ने ट्यागंकर परीक्षण गर्ने) कार्यालय छ । दुवै कार्यालयमा हाल करिब १४ कर्मचारी कार्यरत छन् ।

सो कार्यालयबाट विभिन्न व्यापार तथा व्यसायमा आवश्यक पर्ने नापतौल तथा नापतौल गर्ने यन्त्रको इजाजत प्रमाणपत्र जारी गर्ने तथा नवीकरण गर्ने काम हुने गर्दछ । सो कार्यालयको हाल मधेश प्रदेशको रौतहट, बारा र पर्सा यसैगरी बागमती प्रदेशको चितवन र माकवानपुर कार्य क्षेत्र रहेको छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार ०८:५९