१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

कांग्रेस संसदीय दलको नेताका लागि आज उम्मेदवारी, देउवा र सिंहले प्रतिस्पर्धा गर्ने


२० फागुन, काठमाडौंँ । नेपाली कांग्रेसको संसदीय दलको नेताको चयनका लागि आज मतदाताको नामावली प्रकाशन र उम्मेदवारी दिने कार्यक्रम रहेको छ । भोलि हुने निर्वाचनका लागि आज साँझ उम्मेदवारी दर्ताको कार्यक्रम राखिएको छ ।

संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री समेत रहेका नेता प्रकाशमान सिंह प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले साँझ ६ बजेदेखि ७ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम निर्धारण गरेको छ । नेता चयनका लागि मतदन भने सोमबार बिहान १० बजेदेखि १ बजेसम्म हुनेछ ।

संसदमा देउवा पक्षका सांसदको बहुमत रहेकाले देउवा नै नेता हुने करिब निश्चित प्रायः रहेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७४, आईतवार १०:५७