२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

गठबन्धनले साझा उम्मेदवार छनौट गर्न नसकेपछि इटालीमा ८० वर्षीय म्याटरेल्ला फेरि राष्ट्रपति


१६ माघ, एजेन्सी । इटालीका राष्ट्रपति सर्जीओ म्याटरेल्ला दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । गठबन्धन पार्टीले साझा उम्मेदवार चयन गर्न नसकेपछि ८० वर्षीय म्याटरेल्ला विकल्पहीन नेता बनेका हुन् ।

यसअघि दोस्रो कार्यलयका लागि राष्ट्रपति नबन्ने उनले घोषणा गरेका थिए । तर, इटालीको स्थिरताका लागि प्रधानमन्त्री मारियो ड्रागीले उम्मेदवारी दिन उनलाई कर गरेका थिए । आठौं चरणको निर्वाचनपछि उनी शनिवार औपचारिक रुपमा नै विजयी भएका थिए ।

प्रकाशित मिति : १६ माघ २०७८, आईतवार ११:१७