१९ जेष्ठ २०८३, मंगलबार | Tue Jun 2 2026

चिलिमे जलविद्युतको नाफा ४०.१२ करोड

१६ माघ, काठमाडाैँ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ४० करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा २.२३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ३९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

दोस्रो त्रैमासका कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी २.३५ प्रतिशतले घटेर ६२ करोड ४९ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले ६३ करोड ९९ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो।

चुक्तापुँजी ६ अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ ३ अर्ब २७ करोड रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा रिटेन्ड अर्निङ ३ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ११.७७ रुपैयाँ रहेको छ। पीई रेसियो ४१.४७ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १४०.५७ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : January 30, 2022 at 9:36 am