२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

महिला लघुवित्तको नाफा ५० प्रतिशतले बढ्याे, अन्य सूचक कस्ताे छ ?


१६ माघ, काठमाडाैँ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा संस्थाले ८ करोड १८ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ५०.५० प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले ५ करोड ४३ लाख ७८ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

संस्थाको खुद व्याज आम्दानी पनि ६०.४० प्रतिशतले बढेर १४ करोड ४९ लाख ६० हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ९ करोड ८६ लाख ३७ हजार रूपैयाँ रहेको थियो ।

संस्थाको सञ्चालन मुनाफा भने घटेर ३ करोड ८१ लाख २ हजार रूपैयाँ पुगेको छ संभावित जोखिम बापतको प्रोभिजन बढाँउदा संस्थाको यस्तो मुनाफा कम भएको हो । गत वर्ष संस्थाले ६ करोड ५२ लाख १७ हजार रूपैयाँ मात्र सञ्चालन मुनाफा गरेको थियो ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी १४ करोड ७५ लाख रुपैयाँ र जगेडा कोषमा २३ करोड १७ लाख ६० हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ११० रुपैयाँ ९७ पैसा रहेको छ भने संस्थाको प्रतिसेयर नेटवर्थ २५७ रुपैयाँ १३ पैसा रहेको छ ।

प्रकाशित मिति : १६ माघ २०७८, आईतवार ०९:१५