२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

रगत अभाव रोक्न युवा संघको साताव्यापी रक्तदान अभियान, देशैभर उत्साहजनक सहभागिता

१५ माघ, काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालको रगतको अभाव हुन नदिनका लागि साताव्यापी रक्तदान अभियान सञ्चालन गरेको छ । अभियानमा देशैभर उत्साहजनक सहभागिता रहेको संघका प्रचार विभाग प्रमुख महाराज गुरूङले जानकारी दिए । गुरूङले बिहीबारदेखि सुरू भएको अभियानमा व्यापक रक्तदान भैरहेको छ ।

कोभिड(१९ को नयाँ अति संक्रामक ओमिक्रोन भेरियन्ट संक्रमणका कारण उत्पन्न रगत अभाव टार्न बिहिबारदेखि अभियान चलाइएको गुरूङले बताए ।

काठमाडौँ उपत्यका लगायत देशभर भइरहेको रक्तदान कार्यक्रममा ४०० पाउन्ड रगत संकलन हुने अनुमान गरिएको पनि गुरूङले बताए । यसअघि तीन दिन भएको रक्तदान कार्यक्रममा ७ सय पाउन्ड रगत संकलन भएको उनले बताए ।

राजनीतिक दलको जनवर्गिय संगठनहरू मध्ये सबैभन्दा प्रभावकारी संगठनको रूपमा संघले आफ्नो उपस्थिति जनाउँदै आएको छ । अहिलेसम्म सबैभन्दा धेरै रगत संकलनमा योग्दान गर्नेमा संघको नाम पनि अग्रपंक्तिमा आउने गरेको छ ।

शनिबार काठमाडौँको सिफल चौर, चाबहिल, नयाँबानेश्वर भक्तपुरको दरबार स्क्वायर र ललितपुरको मंगलबजारमा रक्तदान अभियान सञ्चालन भयो । युवा संघले हरेक विपद् र अफ्ठ्यारामा स्वयंसेवी अभियान चलाइरहेको हुन्छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार १८:५१