१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

प्रवासी नेपाली मञ्च जापानले चितवनमा बाड्यो न्यानो कपडा

१५ माघ, चितवन । प्रवासी नेपाली मञ्च जापानको आर्थिक सहयोगमा चितवन जिल्लाको पुर्वी क्षेत्रका तिन विद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । मञ्चका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख प्रकाश ढकालले सामुदायिक विद्यालयहरुका ३५८ जना छात्रछात्राहरुलाई न्यानो कपडा(स्वेटर) वितरण गरिएको वताउनु भयो ।

ढकालले विगतका नेपालमा हुने गरेका दैविप्रकोपहरुमा मञ्चले संस्थाका सदस्य तथा शुभचिन्तकहरुबाट आर्थिक संकलन गरि नेपालमा राहत पठाउने गरेकोमा यस वर्ष शुरु भएको जाडोबाट बालबालिकाहरुलाई बचाउनका लागि सानो सहयोगको रुपमा न्यानो कपडा वितरण कार्यक्रम आयोजना गरेको वताउनु भयो ।

उहाले मातृभुमी प्रतिको दायित्व अन्तर्गत आगामी दिनहरुमा सहयोग गर्दै जाने वताउनु भयो । उहाले चितवनको कार्यक्रममा वागमती प्रदेश सरकारका पुर्व मन्त्री दावा दावा दोर्जे लामा सहित नेकपा एमालेको स्थानिय कमिटीहरुको समन्वय कार्यक्रम गरिएको जानकारी दिनु भयो ।

न्यानो कपडा (स्विटर) वितरण कार्यक्रम अन्तर्गत गत जनवरी २२ चितवनको कालिका आधारभुत विद्यालय,राप्ती नगरपालिका १२ चात्राङ्गका ११९ विद्यार्थीहरुलाई न्यानो कपडा(स्वीटर) वितरण गरिएको थियो | कार्यक्रममा प्रमुख अतिथि वागमती प्रदेश सरकारका पुर्व भुमि व्यवस्था तथा कृषि सुधार मन्त्री माननीय दावा दोर्जे लामा, विशिष्ट अतिथिमा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य गोविन्द प्रसाद कँडेल, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार कँडेल, राप्ती नगरपालिका वडा नं १२ का वडा अध्यक्ष अर्जुन चेपाङ लगायतको उपस्थिती रहेको थियो।

त्यसैगरि दोस्रो दिन मातृ सहयोग आधारभुत बिद्यालय राप्ती-७ श्रीकोट चितवनका १३५जना बिद्यार्थीहरुलाइ न्यानो कपडा बितरण गरिएको थियो | कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य गोविन्द प्रसाद कँडेल, राप्ती नगरपालिका शिक्षा शाखा (श्रोत शिक्षक)का सोमनाथ तिवारी र विद्यालय प्र. अ हेमराज शर्मा लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुवानी प्रसाद कँडेलले गर्नुभएको थियो| तेस्रो दिन जनज्योति आधारभुत विद्यालय, राप्ती नगरपालीका १० र ११ का १०४ जना बालबालिकाहरुलाइ न्यानो कपडा वितरण गरिएको मञ्चले जनाएको छ |

प्रचार विभाग प्रमुख ढकालका अनुसार आगामी आइतबार ओनेबांग राष्ट्रिय आधारभुत विद्यालयमा समेत न्यानो कपडा वितरण हुदै गरेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार १६:२५