२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

काठमाडौँमा सार्वजनिक सवारीसाधनमा हट्यो जोरबिजोर प्रणाली, निजी र ट्याक्सीमा भने कायमै

१४ माघ, काठमाडौँ । काठमाडौँमा जोर बिजोर प्रणाली हटेको छ । सार्वजनिक यातायातका सवारीसाधनमा जोरबिजोर हटाइए पनि निजी सवारीसाधन र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्दप्रसाद रिजालले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी नयाँ आदेश जारी गरेका छन् ।

कोभिड महामारी नियन्त्रण र रोकथामका लागि भन्दै स्मार्ट लकडाउन सम्बन्धी कार्यविधिअनुसार प्रशासनले नयाँ आदेश जारी गरेको छ । विश्वविद्यालय, विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन नगर्ने आदेशलाई माघ मसान्तसम्म लम्ब्याइएको छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार २०:१३