२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

‘फेक रेस्क्यु’का नाममा विवादित टानका पूर्व उपाध्यक्ष रामप्रसाद सपकोटा राप्रपा प्रवेश

१४ माघ, काठमाडाैँ । ‘फेक रेस्क्यु’का नाममा विवादित टानका पूर्व उपाध्यक्ष रामप्रसाद सपकोटा राप्रपा प्रवेश गरेका छन । स्वतन्त्र भूमिकामा रहेका वामपन्थी पृष्ठभूमिका सापकोटा ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) को सहमतिको अध्यक्षका लागि दाबी गरिरहेका थिए । उनी यही समयमा राप्रपा प्रवेश गरेका हुन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सापकोटालाई पार्टी सदस्यता दिएर स्वागत गरेको केन्द्रीय सदस्य मोहन श्रेष्ठले फेसकुब मार्फत जानकारी दिएका छन । सापकोटासँगै पर्यटन व्यवसायी गणेश रिमाल, पूर्वश्रोत व्यक्ति काशीराज अधिकारी (सल्यान) र कृष्ण बिक (दाङ) राप्रपामा प्रवेश गरेका छन ।

पदयात्री पर्यटकलाई बिरामी बनाएर उद्दार गर्ने र बीमाबाट रकम असुल गर्ने काममा सहभागी भएको भन्दै सापकोटा विवादित बनेका थिए । सापकोटाको हिमालय सोसल जर्नी भन्ने कम्पनी ‘फेक रेस्क्यु’मा मुछिएको थियो । सरकारले ‘फेक रेस्क्यु’का नाममा ठगी धन्दा चलाएको भन्दै कारबाहीका लागि तयारी समेत गरेको थियो । यद्यपी व्यवसायीहरूले कर्मचारीलाइ नै प्रभावति बनाएर कारबाही रोकाएका थिए ।

तत्कालीन अवस्थामा पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय संयोजक रहेको समितिले छानविन गरेर कारबाहीका लागि गृह मन्त्रालयलाइ पत्राचार समेत गरेको थियो ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार १३:२०