२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

राष्ट्रिय सभाको निर्वाचन : कर्णालीमा ९८.९५ प्रतिशत मत खस्यो

१२ माघ, सुर्खेत । कर्णाली प्रदेशमा राष्ट्रिय सभाको निर्वाचनमा ९८.९५ प्रतिशत मत खसेको छ । राष्ट्रिय सभा सदस्य चयनका लागि भएको निर्वाचनमा कर्णाली प्रदेशबाट ९८.९५ प्रतिशत मत खसेको हो । कर्णालीमा रहेका एक सय ९१ मतदातामध्ये एक सय ८९ जनाले मतदान गरेका छन् भने दुई जना अनुस्थित भएका छन् ।
राष्ट्रिय सभाको निर्वाचनमा प्रदेशसभा सदस्य एक जना र एक जना पालिकाका उपप्रमुख मतदानमा अनुपस्थित भएको प्रदेश निर्वाचन कार्यलयका सूचना अधिकारी निर्मला रेग्मीले बताइन् ।

‘स्थानीय तहअन्तर्गत ९९.३५ प्रतिशत मत खसेको छ,’ उनले भनिन्, ‘प्रदेशसभा अन्तर्गत ९७.१४ प्रतिशत मत खसेको छ ।’ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदेशसभा सदस्य सोशिला शाहीले मतदान गरिनन् भने कालिकोट तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली दुई वर्षदेखि अमेरिका रहेका कारणले अनुस्थित रहेकी थिइन् ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार १६:३५