२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

राष्ट्रिय सभाको चुनावमा जाँदै गरेको गाडी दुर्घटना, सांसद चौधरीसहित दुई जना घाइते

१२ माघ, अर्घाखाँची । महेन्द्र राजमार्ग अन्तर्गत धानखोला र भालुबांगको बीचमा लुम्बिनी प्रदेश सांसद चढेको सुद्धोदन गाउँ पालिकाको गाडी दुर्घटना भएको छ । प्रदेश सांसद तुल्सी चौधरी सहित २ जना घाइते भएका छन् ।

राष्ट्रिय सभाको चुनावमा दाङ् जाँदै गरेको गाडीलाई विपरीत दिशाबाट आउँदै गरेको ट्रकले ठक्कर दिएको हो । घाइते दुबै जनालाई उपचारको लागि भालुबांग अस्पताल पठाइएको छ । गाउँपालिकाका अध्यक्ष किशुचन्द चौधरी, उपाध्यक्ष शान्तादेवी ज्ञवाली लगायत चढेकाे गाडी दुर्घटना भएको होे ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार ११:२७