२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

जनमत पार्टीले आज सात वटै प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउँदै

१२ माघ, काठमाडाैँ । ‘किसान आन्दाेलन’का नाममा एक महिनादेखि सडकमा उत्रिएकाे जनमत पार्टीले आज बुधबार सातवटै प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउने भएकाे छ ।

पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिनको माग गर्दै जनमत पार्टी आन्दोलनमा छ । ‘पहिले खाद (मल) देऊ, अनि मात्रै भोट खसाऊ’ भन्दै जनमतले ज्ञापन पत्र बुझाउन लागेकाे हाे ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार ०९:१०