१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

प्रवासीको मताधिकारका लागि विश्वभरबाट सरकार र निर्वाचन आयोगलाई ज्ञापन पत्र (फोटोफिचर)

-बालगोपाल उपाध्याय

११ माघ, अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीले विदेशमा रहेका नेपाली नागरिकहरुलाई पनि नेपालमा हुने आम निर्वाचनहरूमा मताधिकार दिन माग गरेको छ ।

मञ्चका सचिवालय सदस्य तथा पूर्वी एशियाका इन्चार्ज भक्त गुरुङ (हङकङ), सचिवालय सदस्य तथा महिला सशक्तिकरण अभियान प्रमुख डा विमला भण्डारी (रुस)को नेतृत्वमा एक प्रतिनिधिमण्डले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया तथा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेललाई भेटेर मताधिकारको माग गर्दै ज्ञापन पत्र पेश गरेको छ ।

यसैगरी प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिव रमेश पाण्डेले दिनुभएको जानकारी अनुसार मञ्चका विश्वका विभिन्न देशमा रहेका राष्ट्रिय कमिटीहरूले सम्वन्धित देशमा रहेका नेपाली कुटनैतिक नियोगहरू मार्फत पनि ज्ञापन पत्र पठाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गरी परराष्ट्र मन्त्री डा नारायण खड्का र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई बोधार्थ दिइ पठाइको पत्रमा विदेश (प्रवास)मा रहेका नेपाली नागरिकहरूको मतदाता नामावली संकलन गर्न र विदेशस्थित कुटनैतिक नियोग वा विद्युतीय माध्यमबाट मतदान गर्न पाउनु पर्ने माग गरिएको छ ।

पत्रमा विश्वभरी सार्क मुलुक बाहिर मात्र करिब पचास लाख नेपालीहरू रहेको उल्लेख गर्दै राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड रेमिट्यान्स भित्राउनेहरूलाई देशको मुल नेतृत्व छनौटबाट बन्चित गर्नु अन्याय हुने उल्लेख गरिएको छ । त्यसैगरी पत्रमा सर्वोच्च अदालतको २०७४ चैत्र ७ को आदेश र परमादेशको समेत स्मरण गराइएको छ ।

सचिव पाण्डेले प्रवासमा नेपाली पासपोर्ट, नागरिकता वा परिचयपत्रका आधारमा प्रवासबाटै मतदान गर्न पाउनुपर्ने बताउनुभँयो । अमेरिका अष्ट्रेलिया लगायतका विश्वका धेरै देशहरूले निर्वाचनका बेलामा प्रवासमा रहेका नागरिकहरूलाई मतदान गर्ने व्यवस्था गरेको उदाहरण दिदै नेपालमा रेमिट्यान्स भित्रायर नयाँ नेपाल निर्माणमा योगदान गरेका प्रवासीहरूलाई नेतृत्व निर्माणमा पनि सहभागी गराउनु पर्ने बताउनुभयो ।

सचिव पाण्डेले सम्मानित सर्वोच्च अदालतले समेत प्रवासीहरूलाई मतदानको व्यवस्था गर्न आदेश जारी गरेको सन्दर्भमा हालसम्म पनि व्यवस्था नहुनु दुःखद रहेको वताउनुभयो । उहाँले विश्वभरी रहेर सारा बाधा र अफ्ठ्यारा सहेर देशको अर्थतन्त्र धान्ने परिश्रमी बुद्धिजिवी जसमा पनि रहेका अत्याधिक नवयुवालाई देशको नेतृत्व निर्माणमा समेत योगदान गर्ने वातावरण बनाउने अभियान मञ्चले शुरू गरेको र सबैको सहयोग रहेमा पुरा गरेरै छाडिने बताउनुभयो । पाण्डेले प्रवासीहरूले राष्ट्रप्रति योगदान गरे बमोजिम अधिकार पनि खोजेको बताउनुभयो ।

यसैगरी मञ्चले मतदानको अधिकारका लागि चलाएको अभियानको खाडी क्षेत्रमा रहेका नेपालीहरूले निकै सकारात्मक रुपमा लिएको मञ्चका खाडी क्षेत्र इन्चार्ज चानक पोखरेलले बताउनुभयो । नेपालबाट नेतृत्वहरू भ्रमण आउदा होस वा नेपालमा नै कुरा गर्दा खाडी क्षेत्रसहित मुलुक बाहिर रहेका नेपालीले अर्थतन्त्रमा पुराएको योगदानको प्रशंसा गर्ने गरेको सन्दर्भमा ज्ञापन पत्र मार्फत अब मतदानको अधिकार पनि दिन आग्रह गरेको बताउनुभयो । उहाले खाडीमा रहेका सातवटै दुतावास मार्फत ज्ञापन पत्र पठाईएको जानकारी दिनुभयो ।

मञ्चका अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य तथा पूर्वी एशियाका इन्चार्ज भक्त गुरुङ (हङकङ), सचिवालय सदस्य तथा महिला सशक्तिकरण अभियान प्रमुख डा विमला भण्डारी (रुस)को नेतृत्वमा एक प्रतिनिधिमण्डलद्वारा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई ज्ञापन पत्र बुझाउदै ।
मञ्चका अन्तराष्ट्रिय कमिटी सचिवालय सदस्य तथा पूर्वी एशियाका इन्चार्ज भक्त गुरुङ (हङकङ), सचिवालय सदस्य तथा महिला सशक्तिकरण अभियान प्रमुख डा विमला भण्डारी (रुस)को नेतृत्वमा एक प्रतिनिधिमण्डलद्वारा परराष्ट्र सचिव भरतराज पौडेललाई ज्ञापन पत्र बुझाउदै ।
मञ्चका अन्तराष्ट्रिय अध्यक्ष भक्त गुरुङ सहितको प्रतिनिधिमण्डलद्वारा बेलायत स्थित नेपाली दुतावासमा ज्ञापन पत्र बुझाउदै ।
मञ्चका अन्तराष्ट्रिय कमिटी सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख प्रभु थापा नेतृत्वमा एक प्रतिनिधिमण्डलद्वारा अमेरिकाका लागि का.वा राजदुत कुमार खरेललाई ज्ञापन पत्र बुझाउदै ।
मञ्चका अन्तराष्ट्रिय कमिटी सदस्य तथा ओशियाना ईन्चार्ज विनोद श्रेष्ठ न्युजिल्याण्डका लागि समेत कावा राजदुत द्रुपदा सापकोटालाई प्रवासी नेपाली मञ्च न्युजिल्याण्डको तर्फबाट ज्ञापनपत्र हस्तान्तरण गर्दै ।
मञ्चका अन्तराष्ट्रिय कमिटी सदस्य तथा खाडी क्षेत्र इन्चार्ज चानक पोखरेल सहितको प्रतिनिधिमण्डलद्वारा कतारका लागि का.वा राजदुत लक्ष्मण खनाललाई ज्ञापन पत्र बुझाउ जादै ।
मञ्चका अन्तराष्ट्रिय कमिटी सदस्य तथा युवा विभाग प्रमुख महेश गिरीको नेतृत्वमा एक प्रतिनिधिमण्डलद्वारा युनाइटेड अरब इमिरेटसका लागि कृष्ण प्रसाद ढकाललाई ज्ञापन पत्र बुझाउदै ।
मञ्चका कोरिया अध्यक्ष सृजना नेपाली नेतृत्वमा एक प्रतिनिधिमण्डलद्वारा कोरियाका लागि का.वा राजदुत राम सिह थापालाई ज्ञापन पत्र बुझाउदै ।
मञ्चका अष्ट्रेलिया अध्यक्ष केशव जोशीको नेतृत्व को प्रतिनिधिमण्डलद्वारा अष्ट्रेलियाका लागि कावा राजदुत द्रुपदा सापकोटालाई ज्ञापनपत्र हस्तान्तरण गर्दै ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलवार १७:५०