२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

१६ लाख ६० हजार मात्रा मोडर्ना खोप आयो

११ माघ, काठमाडाैं । नेपालमा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ । विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ । उहाँका अनुसार अहिलेसम्म नेपालमा करिब चार करोड १९ लाख मात्रा खोप आइसकेको छ ।

(FILES) In this file photo taken on April 20, 2021 Moderna vials sit on a table before they are loaded into syringes at a mobile Covid-19 vaccination clinic in Bridgeport, Connecticut. – Moderna on September 1, 2021 announced it had begun submitting an application to the US Food and Drug Administration to authorize a booster of its Covid vaccine after trial data showed a significant increase in antibodies against variants. (Photo by Joseph Prezioso / AFP)

प्रकाशित मिति : ११ माघ २०७८, मंगलवार १४:४१