१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

संसदीय सुनुवाइ समितिको निर्णय सबैले स्वीकार गर्नुपर्छः लक्ष्मणलाल कर्ण

२० साउन, काठमाडाैँ । संसदीय सुनुवाइ समितिका संयोजक लक्ष्मणलाल कर्णले नयाँ स्ांविधानमा संसदीय सुनुवाइ समितिको व्यवस्था रहेकाले यस समितिको निर्णय सबै पक्षले स्वीकार गर्नुपर्ने बताउनुभएको छ ।

आज यहाँ आयोजित साक्षात्कारमा उहाँले संविधानमा थुप्रै त्रुटि भएकाले त्यसलाई संशोधन गर्नुपर्ने आवाज आफ्नो पार्टीले लामो समयदेखि उठाउँदै आएको बताउँदै भन्नुभयो, “यदि यो समितिले गरेको निर्णय अस्वीकार गर्ने हो भने संविधानमा संशोधन गरी यो समितिलाई हटाउनुपर्छ । संविधानमा संशोधन नभएसम्म यो समितिले गरेको निर्णय सबैले पालना गर्नुपर्छ ।”

नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधानले संसदीय सुनुवाइ समितिले दुई तिहाइबाट निर्णय गर्नुअघि छानबिन समिति गठन गरेर कार्यवाहक प्रधानन्यायाधीशको प्रमाणपत्र छानबिन गर्नुपथ्र्यो भन्नुभयो । नेकपाका नेता देवेन्द्र पौडेलले संसदीय समितिले गरेको निर्णयबाट संसदको सर्वोच्चता पुष्टि भएको बताउनुभयो ।

प्रकाशित मिति : २० श्रावण २०७५, आईतवार २०:४२