११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

आगामी निर्वाचनहरूमा प्रवासबाट समेत मतदान गर्न पाउनु पर्ने माग गर्दै ज्ञापनपत्र

१० माघ, काठमाडाैँ । अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च अष्ट्रेलिया र न्युजिल्याण्डले प्रवासमा रहेका नेपाली नागरिकहरुले प्रवासबाटै मतदान गर्न पाउनु पर्ने माग सहितको ज्ञापन पत्र अष्ट्रेलियाको क्यानबेरा स्थित नेपाली दुतावास मार्फत प्रधानमन्त्री शेर बहादुर देउवा सहितलाई पठाएका छन् ।

प्रधानमन्त्री शेर बहादुर देउवा सहित परराष्ट्र मन्त्री डा. नारायण खड्का तथा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई सम्वोधन गरि पठाइको पत्रमा विदेशमा रहेका नेपाली नागरिकहरुको मतदाता नामावली संकलन गर्न र विदेश स्थित कुटनैतिक नियोग वा विद्युतीय माध्यम बाट मतदान गर्न पाउनु पर्ने माग गरिएको छ ।

कार्यबहाक राजदूत द्रुपदा सापकोटालाई प्रवासी नेपाली मञ्च न्युजिल्याण्डको तर्फबाट ज्ञापनपत्र हस्तान्तरण गर्दै मञ्चका ओशीयाना ईन्चार्ज विनोद श्रेष्ठ ।

पत्रमा विश्वभरि सार्क मुलुक बाहिर मात्र करिव पचासलाख नेपालीहरु रहेको उल्लेख गर्दै राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड रेमिट्यान्स भित्राउनेहरुलाई देशको मुल नेतृत्व छनौटबाट बन्चित गर्नु अन्याय हुने उल्लेख गरिएको छ । त्यसै गरि पत्रमा सर्वोच्च अदालतको २०७४ चैत्र ७को आदेश र परमादेशको समेत स्मरण गराइएको छ ।

ज्ञापन पत्र हस्तान्तर कार्यक्रममा प्रवासी नेपाली मञ्च ओशियाना क्षेत्र इन्चार्ज विनोद श्रेष्ठले प्रवासी नेपाली मञ्च न्युजिल्याण्डको तर्फबाट र प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष केशव जोशीले अष्ट्रेलिया तर्फबाट पत्र अष्ट्रेलिया तथा न्युजिल्याण्डका लागि नेपाली कार्यवाहक राजदुत द्रुपदा सापकोटालाई हस्तान्तरण गर्नु भएको थियो ।

कावा राजदुत सापकोटाले मञ्चको प्रतिनिधिमण्डललाई सम्वोधन गर्दै ठुलो संख्यामा नेपालीहरु प्रवासमा अध्ययन रोजगारी तथा नेपाल सरकारकै काममा समेत रहेको सन्दर्भमा मञ्चले निकै महत्वपुर्ण विषयबस्तु उठान गरेको बताउदै दुतावासले सम्माननीय प्रधानमन्त्री सहित संवन्धित निकाय समक्ष ज्ञापनपत्र पुर्याईदिने बताउनुभयो ।

कार्यबहाक राजदूत द्रुपदा सापकोटालाई ज्ञापनपत्र हस्तान्तरण गर्दै प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष केशव जोशी ।

ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा संचालन मञ्चका सचिव शिशिर नेपालले गर्नु भएको थियो । नेपालले मञ्चको अन्तराष्ट्रिय कमिटीको निर्णय बमोजिम विश्वभरि रहेका नेपाली कुटनैतिक नियोगहरु मार्फत ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तर्गत पत्र बुझाएको बताउनुभयो ।

प्रकाशित मिति : January 24, 2022 at 5:32 pm