११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026

दोस्रो त्रैमाससम्म यस्ताे छ सनराइज बैंकको वित्तीय अवस्था

१० माघ, काठमाडाैँ । सनराइज बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले ७७ करोड ५५ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ। यो नाफा गत वर्षको यही अवधिसम्मको २१.४७ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म बैंकले ९४ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १० करोड ११ लाख रुपैयाँ रहेको छ। दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ६ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा २१.५९ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म बैंकको यस्तो मुनाफा १ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो।

बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ८३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा बैंकको यस्तो आम्दानी १ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो।

चुक्तापुँजी १० अर्ब ११ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार थोरै घटेर ४ अर्ब ६० करोड रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म रिजर्भमा ४ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म बैंकले १ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब रुपैयाँ बढी कर्जा परिचालन गरेको थियो।

समीक्षा अवधिमा बैंकको खराब कर्जा दर (एनपीएल) बढेर १.४१ प्रतिशत पुगेको छ।। गत वर्ष यही अवधिसम्म एनपीएल १.०६ प्रतिशतमा सीमित थियो। सीडी रेसियो ८९.५७ प्रतिशत रहेको बैंकको आधार दर ८.९४ प्रतिशत रहेको छ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १४.७४ रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिसम्म ईपीएस २०.०१ रुपैयाँ रहेको थियो। पीई रेसियो २०.३६ गुणा रहेको बैंकको, प्रतिसेयर नेटवर्थ १५१.७९ रुपैयाँ र तरलता अनुपात २१.२१ प्रतिशत रहेको छ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार १०:२५