२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जनामा कोरोना संक्रमण

९ माघ, काठमाडौँ । पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले आइतबार अपरान्हमा दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १७ हजार ४३७ वटा नमुना परीक्षण गर्दा ६ हजार ४६२ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

मन्त्रालयका अनुसार १३ हजार ३७७ जनामा गरिएको पीसीआर परीक्षणमा पाँच हजार ५९८ जनामा र चार हजार ६० जनामा एन्टिजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर सक्रिय संक्रमितको ७७ हजार ४० रहेको छ । पछिल्लो २४ घण्टामा १४१६ जना डिस्चार्ज भएका छन् भने मृत्यु चार जनाको भएको छ ।

प्रकाशित मिति : ९ माघ २०७८, आईतवार १६:४९