२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

कोरोनाविरुद्ध खोप लगाएको आधा घण्टामै मृत्यु

९ माघ, धनगढी । कैलालीमा कोरोनाविरुद्धको खोप लगाएको आधा घण्टामै एक जना पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलाली गाउँपालिका–४ का ५३ वर्षीय पुरुषको खोप लगाएको आधा घण्टामै मृत्यु भएको हो ।

उनको मृत्यु खोप लगाएकै कारण हो वा अन्य कारण बारे भने खुलाइएको छैन । उनले आइतबार कैलाली गाउँपालिका–४ स्थित वडा स्वास्थ्य कार्यालयमा भेरोसेलको दोस्रो मात्रा खोप लगाएका थिए ।

प्रकाशित मिति : ९ माघ २०७८, आईतवार १५:३५