२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

नेपाल निजामती कर्मचारी संगठन नुवाकोटको अध्यक्षमा पुस्कर शर्मा रिमाल

८ माघ, काठमाडाैँ । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमति नुवाकोटको दसौँ जिल्ला अधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले पुस्कर शर्मा रिमालको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ । शर्मा विदुर नगरपालिकामा कार्यरत रहेका छन ।

अधिवेशनबाट उपाध्यक्षमा भिमसिंह रावल र कृष्णमाया अर्याल निर्वाचित भएका छन । त्यस्तै सचिवमा रमेशप्रसाद कडेँल, सहसचिवमा इन्द्रबहादुर पाण्डे र कोषाध्यक्षमा रोजिना पाण्डे निर्वाचित भएका छन ।

संगठनको जिल्ला कार्यसमिति सदस्यहरूमा सुस्मिला पोख्रेल, नवराज कार्की, राम शाह, प्रकाशराज केसी, चन्द्रमणि अर्याल, दीपक दुलाल, पूर्णध्वज श्रेष्ठ, संजिव नेपाल, अमर तामाङ, चन्द्रबहादुर तामाङ, नकुल ओझा र कृष्ण अधिकारी निर्वाचित भएका छन ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार २०:४८