२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

नेपालमा थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि

८ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २० हजार १८७ नमुना परीक्षण गरिएकोमा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर संक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ पुगेको छ । सोही अवधिमा ७०८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा अवधिमा थप १६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार १७:१८