२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

वर्षमान पुन सोमबार स्वदेश फर्किने, अब माओवादी पदाधिकारीको टुंगो लाग्ने

८ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमन पुन सोमबार स्वदेश फर्किने भएका छन् । थाइल्याण्ड हुँदै थप उपचारका लागि मंसिरमा चीन पुगेका पुन स्वास्थ्यलाभ गरी सोमबार स्वदेश फर्किन लागेका हुन् । ‘बैंकक र चीनको लामो उपचारपछि माघ १० गते पूर्ण स्वास्थ्य लाभ गरेर नेपाल फर्किँदैछु,’ नेता पुनले भनेका छन् । ​

पुन उपचारका लागि चीनमा रहँदा माओवादी केन्द्रले आठौं महाधिवेशनमा पदाधिकारी टुंगो लगाउन सकेको छैन । पुन महासचिवका प्रबल दाबेदार हुन् । उनी आएपछि पदाधिकारी र बाँकी केन्द्रीय सदस्य टुंग्याउने अध्यक्ष प्रचण्डको तयारी छ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार १५:३६