२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

~डा. विदुर चालिसे

जङ्गलकाे चिम्प्यान्जी, दक्षिण अम्रिकी यानाेमाेमी एवं नेपालमा रहेका फटाहा मान्छेका विषयकाे उच्चशिक्षाकाे कक्षा न थियाे । उच्च प्राध्यापकले साेधे ।
–“दक्षिण अम्रिका पुगेकाे छस् ?”
–“पुगेकाे छु माडसाप !”
–“त्यहाँकाे यानाेमाेमी जाति चिनेकाे छस् ?”
–“उसैसँग मित लगाएकाे छु साप !”
प्राध्यापकले हातमा भएकाे सिन्कनाेले एक शिष्यकाे गर्धनमा सुम्ठ्याए । शिष्य मुर्मुरिएर राताेपिराे हुँदै चुपलाग्याे । उनी भने आफ्ना शिष्यहरू अगाडि खरानीकाे सुप पिउँदै समाजशास्त्र पढाइरहेका थिए । उनकाे चासाे नेपाली समाज, चिम्प्यान्जी र यानाेमाेमीबिच केकस्ताे समानता, सम्बन्ध र असर छ भन्ने बारे शिष्यहरूलाई सिकाउनु थियाे । एक शिष्यले साेधे ।
–“खरानीकाे सुप कसरी बनाउने गुरू ?”


–“बढि जान्ने हुन्छस् !”
शिष्यहरूकाे एक जिज्ञासाकाे प्रश्नमा गुरूले आफुले खाएकाे सुपकाे झाेललाई चम्चाबाट उठाए । तुरूरूर्र सुपकाे बटुकाेमा खसालेर भने ।
–“हड्डी पाेल्ने, खरानी दल्ने !”
–“कस्काे हड्डी गुरू !”
–“त्यही मूर्दार मुर्दाकाे, क्या !”
शिष्यहरूले कुरा बुझेनन्। फेरि गुरूबाट अर्काे आशीर्वाद माग्दै भने ।
–“मूर्दाकाे हड्डी र मासु कसरी ताछेर छुट्याउने त गुरू !”
–“पख ! दक्षिण अम्रिकाकाे यानाेमाेमी जातिलाई ट्रेनिङ दिन यहाँ बाेलाउँछु अनि उनीहरूकाे परम्पराअनुसार सिकेर यहाँ प्रयाेग गर्नुपर्छ । खुब मज्जा आउँछ ! तिमीहरू पनि चाखाैला नि !”
शिष्यहरू सुपकाे लाेभमा मुख मिठ्याए । उनीहरू अलमलमा केहीबेर चुप लागे पनि गुरूले फेरि सङ्कल्प गरे ।
–“एन्डोक्यानिबेलिज्म बारे शाेध गराउँछु म, तिमीहरूलाई !”
–“भन्नाले ?”
–“यहाँ पनि वेदना, पीडा, छटपटी, अन्याय र अत्याचारबाट मरेका मानिसहरूकाे रक्षाका लागि !”
–“के फाइदा र ? हामीलाई गुरू ?”
–“मृतकहरूकाे बाेसाेरूपी घुस आउँछ। तप तप पिउन, क्या ! मज्जा आउँछ त ! ज्ञानकाे सारांश ”
त्यसपछि शिष्यहरूले समाज शास्त्रीय तुलनात्मक शाेध गर्ने क्रममा एउटा नयाँ तथ्य फेला पारे ।
–“पद, पैसा र प्रतिष्ठाकाे धुप !”
–“धुप कि सुप गुरू ?”
–“जसरी बुझे पनि हुन्छ !”
उनीहरू सबै नयाँ तथ्यका अगाडि चुराेटकाे धुँवासँगै रक्सीकाे डकारमा दक्षिण अम्रिकी यानाेमाेमीले जस्तै हुँकार छाेडिरहेका थिए । धुँवा उडिरहेका थिए । उनीहरू पनि यानाेमाेमीले जस्तै
देश चपाइरहेका थिए ।
–“लाल बुताकाे झमझममा !”

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार १३:४२