२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

सिन्धुपाल्चोकमा गाडी दुर्घटना हुँदा चार जना घाइते

८ माघ, सिन्धुपालचोक । सिन्धुपाल्चोकको सुनकोसी गाँउपालिका-६ नौकिलोमा बोलेरो गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । भक्तपुरबाट दोलखाको मैनापोखरी जाँदै गरेको बा १५ प ८५७७ नम्बरको गाडी दुर्घटना भएकाे हाे । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था सामान्य छ । अर्का एक जनाको ढाडमा चोट लागेको छ । उनीहरुकाे सिन्धु सदाबहार अस्पताल खाडीचौरमा उपचार भइरहेकाे छ । गाडी अनियन्त्रित भइ सडकबाट करिब सय मिटर तल खसेको थियाे ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार ११:३४