२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

७ माघ, काठमाडौँ । नेकपा माओवादी केन्द्रको शनिबारका लागि बोलाइएको बैठक स्थगित भएको छ । कोरोनाभाइरस महामारीको बढ्दो संक्रमण, स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारले जारी निर्देशन र स्वास्थ्यकर्मीहरूको सुझावलाई ध्यानमा राखेर ८ माघ शनिबार डाकिएको केन्द्रीय समितिको बैठक स्थगित गरिएको माओवादी केन्द्रले जनाएको छ ।

फाइल फाेटाे

पार्टीको निवर्तमान स्थायी समिति र आयोगका अध्यक्षहरूको बैठक स्वास्थ्य मापदण्ड पालना गरेर शनिबार बिहान साढे ८ बजे बस्नेछ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार १२:३७