एनआईसी एशिया बैँककाे नाफा करिब साढे २ अर्ब, अन्य सूचक कस्ताे ?
-इस्लाम खान
७ माघ, काठमाडाैँ । एनआईसी एशिया बैँक लिमिटेडले चालू आ.व. २०७८/७९ को दोस्रो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । यस बैंकले आ.व. २०७८/७९ को दोस्रो त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ वार्षिक विन्दुगत आधारमा १७ प्रतिशत (रू. ४० अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम रू. २७३.४६ अर्ब पु¥याएकाे छ ।
साथै, निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा ८ प्रतिशत (रू. २२.०४ अर्ब) ले वृद्धि गरी कुल निक्षेप संकलन रू. २९९.३४ अर्ब पु¥याएकाे छ । बैंकले यस त्रयमासमा खुद मुनाफातर्फ रू. २.४० अर्ब आर्जन गरेकाे छ । जुन वार्षिक विन्दुगत आधारमा १६.५७ प्रतिशतको वृद्धि हो ।

यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल २१.७७ प्रतिशत रहेको छ । साथै, बैंकले वार्षिक प्रति शेयर आम्दानी रू. ४१.४३ आर्जन गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्याैपानेले जानकारी दिए ।
कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई दोस्रो त्रयमाससम्ममा ०.४७ प्रतिशतमा सीमित राखेकाे छ ।
बैंकले दोस्रो त्रयमाससम्ममा ५ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ३३ लाख भन्दा बढी खाताहरू मार्फत ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ ।
प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार ०९:३५










