२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

शून्यतामा शक्ती आर्जनको सपना नदेख्न प्रचण्डलाई बाँस्कोटाको चेतावनी

७ माघ, काठमाडाैँ । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं प्रभावशाली नेता गोकुल बाँस्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शून्यतामा शक्ती आर्जनको सपना नदेख्न चेतावनी दिएका छन । शुक्रबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा कडा टिप्पणी लेख्दै बाँस्कोटाले यस्तो चेतावनी दिएका हुन ।

बाँस्कोटले हरेक बुलेटेहरू ब्यालेटसँग भाग्ने भन्दै प्रचण्डले जनतामा हैन विदेशीमा भर परेको र सिद्दान्त र संगठनमा नभइ गठबन्धन र षडयन्त्रमा जोड दिएको उल्लेख गरेका छन । बाँस्कोटाले अहिले प्रचण्ड दक्षिणपन्थी बिसर्जनवादी यात्राको अन्तिम खुट्किलोमा रहेको बताएका छन ।

बाँस्कोटाले उल्लेख गरेका छन, ‘संसारभर नै बुलेटबाट उदाएका उग्रवामपन्थीले भोगेरै छोड्ने दक्षिणपन्थी विसर्जनवादी यात्राको सकसपुर्ण तर अन्तिम खुट्किल्लोमा छन-प्रचण्ड।जनतामा हैन विदेशीमा भर,सिद्दान्त र संगठनमा होईन गठबन्धन र षडयन्त्रमा जोड।यस्तो भएपछि हरेक बुलेटे ब्यालेटसंग भाग्छ।सुन्यतामा शक्ती आर्जनको सपना नदेख।’

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार ०७:५०