२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

चितवनमा फेरि सुख्खा पहिरो सुरू, नारायणगढ मुग्लिन सडक अबरूद्ध

७ माघ, चितवन । चितवनमा फेरि सुख्खा पहिरो खस्न सुरू भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरोका कारण नारायणगढ मुग्लिन सडक अबरूद्ध भएको छ । पहिरो पन्छाउन समय लाग्ने भएकाले अझै केही घण्टा सडक अबरूद्ध हुनेछ ।

बिहानको राति २ः३० बजेको समयमा इच्छा कामना गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने कालीखोलामा माथिबाट खसेको सुख्खा पहिरोले सडक अबरूद्ध भएको छ । अलिअलि ढुंगाहरू अहिले पनि झरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार ०७:१०