२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

नेकपा एमालेका नेता एवं पूर्व सांसद लक्ष्मीदास मानन्धरको निधन

६ माघ, काठमाडाैँ । नेकपा एमालेका नेता एवं पूर्व सांसद लक्ष्मीदास मानन्धरको निधन भएको छ । मानन्धरको बिहीबार साँझ निधन भएको परिवारले जनाएको छ । ९३ वर्षीय मानन्धर सक्रिय राजनीतिसँगै समाजसेवा र व्यापारमा सँगैसँगै सक्रिय रहेकाथिए ।

मानन्धर मनमोहन स्मृति प्रतिष्ठानका कोषाध्यक्ष, मनमोहन प्राविधिक विश्वविद्यालयका संरक्षण समितिका सदस्य, साल्ट्र ट्रेडिङ कर्पोरेसनका अध्यक्ष थिए । उनले  समाजसेवा, उद्योग व्यवसाय क्षेत्रका प्रतिष्ठित व्यक्तित्व हुन । एमालेका तर्फबाट राष्ट्रियसभाका पूर्व सदस्य समेत हुन मानन्धर ।

मानन्धर पछिल्लो पटक एमाले र माओवादीको एकता भएर बनेको नेकपाको जनवर्गीय संगठन उद्योग व्यवसायी महासंघका संयोजक समेत रहेका थिए । त्यतिखेर उनी ९१ वर्षको थियो । यद्यपी पार्टीको नेतृत्वको निर्णय भन्दै मानन्धरले स्वीकार गरेर काम गरेका थिए ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार २३:०२