२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

शुक्रबार रातिदेखि जोरबिजोर प्रणाली लागू, अन्य के गर्न पाइन्छ ? (विज्ञप्तिसहित)

६ माघ, काठमाडाैँ । कोरोना संक्रमण व्यापक बनेपछि सरकारले शुक्रबार रातिदेखि काठमाडाैँ उपत्यकामा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । बिहीबार काठमाडाैँ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो । निर्णय अनुसार भोलि राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू हुनेछ । चारपांग्रे र दुइ पांग्रे दुबै सवारीमा जोरबिजोर लागू हुने विज्ञप्तिमा जनाइएको छ।  यस्तो छ प्रशासनको विज्ञप्ति ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार २१:४३