२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

सुदुरपश्चिममा माओवादीबाट निर्वाचित जनप्रतिनिधि धमाधम एमाले प्रवेश गर्दै

६ माघ, कैलाली । सुदुरपश्चिममा माओवादीबाट निर्वाचित जनप्रतिनिधि धमाधम एमाले प्रवेश गर्न थालेका छन । पछिल्लो पटक एमालेका सचिव लेखराज भट्टको गृहनगर कैलालीको गोदावरी नगरपालिका वडा-४ बाट माओवादी केन्द्रका वडा अध्यक्ष नरेश बहादुर सिंह नेकपा एमाले प्रवेश गरेका छन ।

सिंहलाई बिहीबार एमाले सचिव भट्टको उपस्थितिमा एमालेमा प्रवेश गराइएको हो । सचिव भट्टले उनलाई खादा र अबिर लगाएर एमालेमा स्वागत गरेका थिए ।

माओवादी केन्द्रको नीति, विचार र सिद्धान्तसँग असहमति जनाउँदै सो पार्टी छोडेको सिंहले बताएका छन । पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले गोदावरी नगरकमिटी अध्यक्ष गोकर्ण भट्ट, वडा नम्बर ४ का वडा अध्यक्ष रबिन्द्र रोक्का मगर, जिल्ला कमिटी सदस्य हितेश ओझा लगायतको सहभागीता रहेको थियो।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार १९:१७