११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026

नबिल बैंकका अध्यक्ष पाैडेलले लिए सपथ, बैंकको अग्रणि भूमिका कायम राख्न गभर्नरको सुझाव

५ माघ, काठमाडौँ । नबिल बैंक लिमिटेडको अध्यक्षमा पुनः चयन भएका उपेन्द्र प्रसाद पौडेलले सपथ ग्रहण गरेका छन । बुधबार नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पौडेलले अध्यक्षको पद तथा गोपनियताको शपथ गरेका हुन ।

पौडेल नबिल बैंकको सञ्चालक समितिको पुस ३० गते बसेको बैठकबाट सर्वसम्मत अध्यक्षमा चयन भएका थिए । सपथ समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्धय नीलम ढुङ्गाना तिम्सिना, बम बहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा गुणाकर भट्ट तथा नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी साह लगायत उपस्थित रहेको थिए ।

सो अबसरमा गर्भरन अधिकारीले नबिल बैंकले अहिलेसम्म गरिआएको कार्यको प्रशंशा गर्दै आगामी दिनहरुमा पनि नबिलले आफ्नो अग्रणी भूमिका कायम राख्ने विश्वास व्यक्त गरे । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी साहले बैंकको पछिल्लो वित्तीय अवस्थाको बारेमा जानकारी गराएका थिए ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकका १३५ शाखा, १८९ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट मार्फत नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार १८:२३