२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

माओवादी कार्यकर्ताकै शैलीमा सिके राउतको हत्या गर्ने मन्त्री रेणु यादवको धम्की (भिडियोसहित)

६ माघ, काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको परमादेशी सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतको हत्या गर्ने धम्की दिएकी छिन । उनले १५ वर्ष पहिले माओवादी कार्यकर्ताको हस्ता गरे जस्तै गरी गौर हत्याकाण्ड दोहोर्‍याउने चेतावनी दिइन ।

बुधबार रौतहटको गौरमा मधेश आन्दोलन दिवसको अवसरमा भएको कार्यक्रममा सिके राउतको ज्यान लिने धम्की दिएकी हुन । राउत पछिल्लो समय पृथकतावादी आन्दोलन छाडेर शान्तिपूर्ण राजनीतिक बाटोमा जनमत पार्टीका नाममा संगठन विस्तार गरिरहेका छन ।

मन्त्री यादवले सभामा भनिन्, “राइसमिल अझै जीवित छ। तुफानसँग टकराउन खोज्यौं भने राइस मिलमा जे भयो भएको थियो त्यही हालत गर्छौं।” जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बनेकी यादवले उल्लेख गरेको राइस मिलमा २०६३ चैतमा माओवादीका २८ जना कार्यकर्ताको हत्या भएको थियो । भिडियो तल हेर्न सक्नुहुन्छ ।

@dainiki.com

माओवादी कार्यकर्ताकै शैलीमा सिके राउतको हत्या गर्ने मन्त्री यादवको धम्की #गाैर हत्याकाण्ड दोहोर्याउने चेतावनी #dainiki #ckraut #renuyadav

♬ original sound – dainiki.com – dainiki.com

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार १४:२८