२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

नेकपा एसकै सांसदले तिरेनन् पशुपतिलाई ८५ लाख, मिनाहा गराउने मन्त्री आलेको चलखेल

६ माघ, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री प्रेमबहादुर आलेले विभिन्न स्टन्ड गरेर चर्चा कमाउने कोशिश गरिरहेका छन । यही मेसोमा आलेको करियरमा दाग लाग्ने दुइ काम अघि बढेको छ ।

लुम्बिनी विकास कोष मार्फत लुम्बिनिको जग्गा संसारा वेलनेश कम्पनीलाइ दिने र पुशपति क्षेत्रमा भाडामा क्याफे सञ्चालन गरिरहेका नेकपा एसका सांसद लक्षम्ण लम्सालले वर्षौेखि तिर्न बाँकी रहेको भाडा वापतको ८५ लाख २४ हजार ४७ रुपैयाँ मिनाहा गराउन कोशिश गरेका छन । आलेले कोषका पदाधिकारीलाइ मन्त्रालयमै बोलाएर भाडा मिनाहाको प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन ।

नेकपा एसका बागमती प्रदेश सभाका सदस्य रहेका लम्सालले केही वर्षअघि पशुपतिमा प्राणनाथ क्याफे सञ्चालन गरेका थिए । क्याफे सञ्चालन गरेर करोडौँ कमाएका लम्सासलले तिर्ने भाडा भने आले मार्फत मिनाहा गराउने कोशिश गरेका हुन । कोषका कर्मचारीहरूका अनुसार गत कात्तिक महिनासम्ममै क्याफेले ८५ लाख २४ हजार ४७ रुपैयाँ भाडा वापको रकम तिर्नु भैसकेको थियो । लम्सालसहितको टिमले २०७२ साल साउन ३२ गते प्राणनाथ क्याफे सञ्चालनको अनुमति लिएको थियो ।

सम्झौताअनुसार कोषलाई मासिक ७१ हजार ५ सय रुपैयाँको दरले भाडा बुझाउने पर्नेमा अहिलेसम्म तिरिएको छैन । माधव नेपालको नाम बेच्दै स्थापनाकालदेखि अहिलेसम्म भाडा नतिरेको क्याफेले अहिले फेरि मन्त्री आलेको साथ लिएर भाडा मिनाहा गर्ने प्रयास थालेको छ ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार १५:१८