१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

पूर्व सांसद कमल पंगेनीको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

२० साउन, काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सांसद कमल पंगेनीको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । पंगेनीको शोकमा उपस्थित सांसदहरूले एक मिनेट माैनधारण गरेपछि सभामुख कृष्णबहादुर महराले भोलि दिउँसो १ बजेसम्मका लागि संसद बैठक स्थगित गरेका हुन ।

पंगेनीको अाइबार बिहान ह्रदयघातका कारण निधन भएको थियो । उनको स्याङ्जास्थित अाफ्नै निवासमा निधन भएको हो । पंगेनी नेपाली कांग्रेस स्यांजाका सभापति समेत हुन । उनी संविधानसभाका सदस्य समेत थिए ।

मिडियामैत्री पंगेनीले गत वर्षको साउन १५ गते संसदमा बाँदर आतंकको कुरा उठाउँदा धेरैले स्यावासी दिएका थिए । किसानहरुलाई काम गरेर खान बाँदरले दुःख दिएको भन्दै पंगेनीले राज्यले बाँदर आतंक नियन्त्रण गर्नुपर्ने भन्दै तत्कालीन व्यवस्थापिका संसदको बैठकमा आवाज उठाएका थिए ।

प्रकाशित मिति : २० श्रावण २०७५, आईतवार ११:२२