२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

खोटाङमा थप आठ जनालाई कोरोना संक्रमण पुष्टि

५ माघ, खोटाङ । खोटाङमा थप आठ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा-४ जना र खोटेहाङ गाउँपालिकामा-४ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बुधबार १४ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनालाई संक्रमण पुष्टि भएको हो । यससँगै नगरपालिकामा सक्रिय संक्रमितको संख्या २४ जना पुगेको छ ।

खोटेहाङ गाउँपालिकामा शंकास्पद आठ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनालाई संक्रमण पुष्टि भएको हो । संक्रमित होमआइसोलेसनमा बसिरहेका छन् । जिल्लामा पछिल्लो समय दिनानुदिन कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदैगएको छ ।

संक्रमण बढिरहेका बेला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार १८:४९